Home » » क्यामज्जाको जागिर

क्यामज्जाको जागिर

Written By Unknown on Thursday, June 5, 2014 | 12:06 PM

संसार अधिकांशले बाध्यता वा आर्थिक अभावका कारण जागिर खान्छन् । त्यसैले प्राय: मानिस आफ्नो जागिरप्रति गुनासो गरिरहेका हुन्छन् । कम मानिस भेटिन्छन्, जो आफ्नो जागिरप्रति लगाव राख्छन् र खुसी भएर काम गर्छन् । तर, संसारका केही जागिर छन्, जसबारे सुन्दा धेरैले ‘त्यस्तो जागिर भए पो’ भन्छन् । त्यस्ता केही आनन्ददायक जागिर यस्ता छन् :


सुन्दर टापुको हेरचाह


पिटर्सफिल्डमा बस्ने ३४ वर्षीय बेन सटहलले ३५ हजार आवेदकलाई पछाडि पारेर एउटा सुन्दर टापुको हेरचाह गर्ने जागिर पाएका थिए । ग्रेट ब्यारियर रिफमा रहेको हेमिल्टन टापुको हेरचाह गर्ने व्यक्ति भएपछि उनले गर्नुपर्ने काम थियो– स्विमिङ गर्नु, आराम गर्नु र टापुको प्रचारका लागि ब्लग लेख्नु । बेनले ६ महिनाका लागि एक लाख ११ हजार डलर तलबको सम्झौता गरेका थिए । उनलाई टापुमै बस्न तीन बेडरुम भएको भाडा नलाग्ने बंगला दिइएको थियो । जागिर मिल्नुपहिले अन्तर्वार्ताको प्रक्रियाका लागि उनी चार दिनसम्म टापुमै
बस्नुपरेको थियो ।


आरामदायी ओछ्यान जाँच्ने


बर्मिंघम युनिभर्सिटीका एक विद्यार्थीले यस्तो आनन्दको जागिर पाएका थिए, जसको काम थियो– आरामदायी ओछ्यानमा सुत्नु । त्यसका लागि उनलाई पैसा पनि निकै दिइएको थियो । २२ वर्षीय रोजिन मेडिगनले यस्तो जागिर पाएका थिए । उनले एक महिनासम्म आरामदायी ओछ्यानमा हरेक दिन सुत्नुपथ्र्यो । यो जागिरका लागि उनलाई हजार पाउन्ड दिइएको थियो । उक्त जागिर ‘बेड्स स्पेसलिस्ट’ सिमोन हर्न लिमिटेडले चलाएको ‘स्लिप सर्भे’अन्तर्गत दिइएको थियो । यो कम्पनीले होटलका लागि आरामदायी ओछ्यान बनाउने काम गर्छ । रोजिनले कम्पनीको एजबस्टनस्थित सोरुममा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म ओछ्यानमा सुत्नुपथ्र्यो र उठेपछि आफ्नो अनुभव बताउनुपथ्र्यो । अनुभवको आधारमा कम्पनीले बेडको डिजाइन र गुणस्तरमा फेरबदल गर्ने गथ्र्याे ।



रिसोर्टको पानीचिप्लेटी जाँच्ने


यो जागिरचाहिँ डेस्कमा काम गर्ने वा अन्य साधारण काम गर्ने मानिसलाई त्यति आकर्षक नलाग्न सक्छ । तर, घुमघाम मन पराउनेका लागि भने यो जागिर निकै आकर्षक हो । टोमी लिन्चले यस्तो जागिर पाएका थिए । पोस्ट थियो– रिसोर्ट वाटरस्लाइड टेस्टर (पानीचिप्लेटी जाँचकी) । उनले अलग–अलग सहरमा रहेका रिसोर्टमा गएर वाटर स्लाइडरको अनुभव लिनुपथ्र्यो । त्यस क्रममा उनले वाटर स्लाइडको उचाइ, वेग र सुरक्षा व्यवस्थाको जाँच गर्नुपर्ने हुन्थ्यो । सन् २००८ मा लिन्चले लेन्जारोट, मजोर्का, इजिप्ट, तुर्की, कोस्टा डेल सोल, साइप्रस, अलग्रैव र मेक्सिकोको यात्रा गरे र त्यहाँका वाटर स्लाइड्स जाँच गरे । त्यस क्रममा उनले २७ हजार माइलको यात्रा गरेका थिए ।



मदिराको स्वाद चाख्ने 


जो मदिरापारखी छन्, उनीहरूलाई हरेक दिन नयाँ–नयाँ ब्रान्डको मदिराको स्वाद चाख्ने जागिर मिल्यो भने के होला ? त्यसमा पनि १० हजार डलर पाए त झन् मजाको सीमा नै नहुँदो हो । एटलान्टानिवासी हार्डी वेलेसले यस्ता मजा चाखिसकेका छन् । उनले ६ महिनाका लागि यस्तो काम गरेका थिए । मर्फी गुडी वाइनरीका लागि गरेको यो कामका लागि उनले हरेक
महिना १० हजार पाउँथे । उनले हरेक दिन फरक–फरक मदिराको स्वाद चाखेर सामाजिक सञ्जालका माध्यमबाट आफ्नो अनुभव मदिरापारखीसम्म पुर्‍याउनुपथ्र्यो ।


वारक्राफ्ट टेस्टर


वल्र्ड अफ वारक्राफ्ट भिडियो गेम निकै लोकप्रिय छ । तपाईं पनि यो गेम खेल्नुहुन्छ र पारंगत हुनुहुन्छ भने जागिरका लागि आवेदन दिन सक्नुहुन्छ । करोडौँबीच लोकप्रिय खेलप्रेमीका लागि यो स्वप्निल जागिर नै हो । जुसालाई गेम टेस्टर भनिन्छ । इन्टरनेटमा ‘वार अफ वल्र्ड’को रोजगार अवसरसम्बन्धी निकै जानकारी छन् । यदि तपार्इं कम्युटर गेम खेल्न दक्ष हुनुहुन्छ भने आवेदन दिन सक्नुहुनेछ । त्यसका लागि तपाईंले दिनको कम्तीमा पनि चार घन्टा गेम खेल्नुपर्छ ।


कन्डम परीक्षण


एक अस्ट्रेलियन निर्माताले कन्डम टेस्टरका लागि विज्ञापन निकालेको थियो । ड्युरेक्स मार्केटिङ म्यानेजर सेम ह्वाइटले १८ वर्षभन्दा बढी उमेरका २०० जनाको आवेदन मागेका थिए । यो कामका लागि पैसा त दिइएन, तर सफल हुने आवेदकलाई ६० डलरबराबरको ड्युरेक्स प्रोडक्ट सित्तैमा दिइएको थियो । उनीहरूको काम पनि खासै थिएन, कन्डम प्रयोग गरेर गुणस्तरबारे कम्पनीलाई जानकारी दिनुपर्ने थियो ।


व्यावसायिक महिला यौनकर्मी जाँच्ने


जेमी रेस्कनको जागिर अनुभव कुनै स्वैरकल्पनाभन्दा कम छैन । पेसाका हिसाबले जेमी डिजे हुन् । उनको काम वेश्यालयको गुणस्तरमा ध्यान दिनु थियो । चिलीको सेन्टियागोस्थित वेश्यालयकी मालिक्नी म्याडमा फेइरेलाले उनलाई यस्तो अचम्मको जागिर दिएकी थिइन् । उनको काम वेश्यालयमा आएका नयाँ यौनकर्मी महिलासँग भेट्नु र उनीहरूबाट ग्राहक सन्तुष्ट हुन्छन् कि हुँदैनन् भन्ने परीक्षण गर्नु थियो । उनले युवतीको कम्मरको चाल, कराउने तरिका आदिको नोट बनाएर मालिक्नीलाई पेस गर्थे । उनले वर्षभरमा ७० जनाभन्दा बढीसँग सम्बन्ध राखेर परीक्षण गरेका थिए ।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. A 2 Z News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger