संसार अधिकांशले बाध्यता वा आर्थिक अभावका कारण जागिर खान्छन् ।
त्यसैले प्राय: मानिस आफ्नो जागिरप्रति गुनासो गरिरहेका हुन्छन् । कम मानिस
भेटिन्छन्, जो आफ्नो जागिरप्रति लगाव राख्छन् र खुसी भएर काम गर्छन् । तर,
संसारका केही जागिर छन्, जसबारे सुन्दा धेरैले ‘त्यस्तो जागिर भए पो’
भन्छन् । त्यस्ता केही आनन्ददायक जागिर यस्ता छन् :
सुन्दर टापुको हेरचाह
पिटर्सफिल्डमा
बस्ने ३४ वर्षीय बेन सटहलले ३५ हजार आवेदकलाई पछाडि पारेर एउटा सुन्दर
टापुको हेरचाह गर्ने जागिर पाएका थिए । ग्रेट ब्यारियर रिफमा रहेको
हेमिल्टन टापुको हेरचाह गर्ने व्यक्ति भएपछि उनले गर्नुपर्ने काम थियो–
स्विमिङ गर्नु, आराम गर्नु र टापुको प्रचारका लागि ब्लग लेख्नु । बेनले ६
महिनाका लागि एक लाख ११ हजार डलर तलबको सम्झौता गरेका थिए । उनलाई टापुमै
बस्न तीन बेडरुम भएको भाडा नलाग्ने बंगला दिइएको थियो । जागिर मिल्नुपहिले
अन्तर्वार्ताको प्रक्रियाका लागि उनी चार दिनसम्म टापुमै
बस्नुपरेको थियो ।
आरामदायी ओछ्यान जाँच्ने
बर्मिंघम
युनिभर्सिटीका एक विद्यार्थीले यस्तो आनन्दको जागिर पाएका थिए, जसको काम
थियो– आरामदायी ओछ्यानमा सुत्नु । त्यसका लागि उनलाई पैसा पनि निकै दिइएको
थियो । २२ वर्षीय रोजिन मेडिगनले यस्तो जागिर पाएका थिए । उनले एक
महिनासम्म आरामदायी ओछ्यानमा हरेक दिन सुत्नुपथ्र्यो । यो जागिरका लागि
उनलाई हजार पाउन्ड दिइएको थियो । उक्त जागिर ‘बेड्स स्पेसलिस्ट’ सिमोन हर्न
लिमिटेडले चलाएको ‘स्लिप सर्भे’अन्तर्गत दिइएको थियो । यो कम्पनीले होटलका
लागि आरामदायी ओछ्यान बनाउने काम गर्छ । रोजिनले कम्पनीको एजबस्टनस्थित
सोरुममा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म ओछ्यानमा सुत्नुपथ्र्यो र
उठेपछि आफ्नो अनुभव बताउनुपथ्र्यो । अनुभवको आधारमा कम्पनीले बेडको डिजाइन र
गुणस्तरमा फेरबदल गर्ने गथ्र्याे ।
रिसोर्टको पानीचिप्लेटी जाँच्ने
यो जागिरचाहिँ डेस्कमा काम गर्ने वा अन्य साधारण काम गर्ने मानिसलाई त्यति आकर्षक नलाग्न सक्छ । तर, घुमघाम मन पराउनेका लागि भने यो जागिर निकै आकर्षक हो । टोमी लिन्चले यस्तो जागिर पाएका थिए । पोस्ट थियो– रिसोर्ट वाटरस्लाइड टेस्टर (पानीचिप्लेटी जाँचकी) । उनले अलग–अलग सहरमा रहेका रिसोर्टमा गएर वाटर स्लाइडरको अनुभव लिनुपथ्र्यो । त्यस क्रममा उनले वाटर स्लाइडको उचाइ, वेग र सुरक्षा व्यवस्थाको जाँच गर्नुपर्ने हुन्थ्यो । सन् २००८ मा लिन्चले लेन्जारोट, मजोर्का, इजिप्ट, तुर्की, कोस्टा डेल सोल, साइप्रस, अलग्रैव र मेक्सिकोको यात्रा गरे र त्यहाँका वाटर स्लाइड्स जाँच गरे । त्यस क्रममा उनले २७ हजार माइलको यात्रा गरेका थिए ।
मदिराको स्वाद चाख्ने
जो
मदिरापारखी छन्, उनीहरूलाई हरेक दिन नयाँ–नयाँ ब्रान्डको मदिराको स्वाद
चाख्ने जागिर मिल्यो भने के होला ? त्यसमा पनि १० हजार डलर पाए त झन् मजाको
सीमा नै नहुँदो हो । एटलान्टानिवासी हार्डी वेलेसले यस्ता मजा चाखिसकेका
छन् । उनले ६ महिनाका लागि यस्तो काम गरेका थिए । मर्फी गुडी वाइनरीका लागि
गरेको यो कामका लागि उनले हरेक
महिना १० हजार पाउँथे । उनले हरेक दिन फरक–फरक मदिराको स्वाद चाखेर सामाजिक सञ्जालका माध्यमबाट आफ्नो अनुभव मदिरापारखीसम्म पुर्याउनुपथ्र्यो ।
वारक्राफ्ट टेस्टर
वल्र्ड
अफ वारक्राफ्ट भिडियो गेम निकै लोकप्रिय छ । तपाईं पनि यो गेम खेल्नुहुन्छ
र पारंगत हुनुहुन्छ भने जागिरका लागि आवेदन दिन सक्नुहुन्छ । करोडौँबीच
लोकप्रिय खेलप्रेमीका लागि यो स्वप्निल जागिर नै हो । जुसालाई गेम टेस्टर
भनिन्छ । इन्टरनेटमा ‘वार अफ वल्र्ड’को रोजगार अवसरसम्बन्धी निकै जानकारी
छन् । यदि तपार्इं कम्युटर गेम खेल्न दक्ष हुनुहुन्छ भने आवेदन दिन
सक्नुहुनेछ । त्यसका लागि तपाईंले दिनको कम्तीमा पनि चार घन्टा गेम
खेल्नुपर्छ ।
कन्डम परीक्षण
एक
अस्ट्रेलियन निर्माताले कन्डम टेस्टरका लागि विज्ञापन निकालेको थियो ।
ड्युरेक्स मार्केटिङ म्यानेजर सेम ह्वाइटले १८ वर्षभन्दा बढी उमेरका २००
जनाको आवेदन मागेका थिए । यो कामका लागि पैसा त दिइएन, तर सफल हुने
आवेदकलाई ६० डलरबराबरको ड्युरेक्स प्रोडक्ट सित्तैमा दिइएको थियो ।
उनीहरूको काम पनि खासै थिएन, कन्डम प्रयोग गरेर गुणस्तरबारे कम्पनीलाई
जानकारी दिनुपर्ने थियो ।
व्यावसायिक महिला यौनकर्मी जाँच्ने
जेमी
रेस्कनको जागिर अनुभव कुनै स्वैरकल्पनाभन्दा कम छैन । पेसाका हिसाबले जेमी
डिजे हुन् । उनको काम वेश्यालयको गुणस्तरमा ध्यान दिनु थियो । चिलीको
सेन्टियागोस्थित वेश्यालयकी मालिक्नी म्याडमा फेइरेलाले उनलाई यस्तो
अचम्मको जागिर दिएकी थिइन् । उनको काम वेश्यालयमा आएका नयाँ यौनकर्मी
महिलासँग भेट्नु र उनीहरूबाट ग्राहक सन्तुष्ट हुन्छन् कि हुँदैनन् भन्ने
परीक्षण गर्नु थियो । उनले युवतीको कम्मरको चाल, कराउने तरिका आदिको नोट
बनाएर मालिक्नीलाई पेस गर्थे । उनले वर्षभरमा ७० जनाभन्दा बढीसँग सम्बन्ध
राखेर परीक्षण गरेका थिए ।
सुन्दर टापुको हेरचाह
पिटर्सफिल्डमा
बस्ने ३४ वर्षीय बेन सटहलले ३५ हजार आवेदकलाई पछाडि पारेर एउटा सुन्दर
टापुको हेरचाह गर्ने जागिर पाएका थिए । ग्रेट ब्यारियर रिफमा रहेको
हेमिल्टन टापुको हेरचाह गर्ने व्यक्ति भएपछि उनले गर्नुपर्ने काम थियो–
स्विमिङ गर्नु, आराम गर्नु र टापुको प्रचारका लागि ब्लग लेख्नु । बेनले ६
महिनाका लागि एक लाख ११ हजार डलर तलबको सम्झौता गरेका थिए । उनलाई टापुमै
बस्न तीन बेडरुम भएको भाडा नलाग्ने बंगला दिइएको थियो । जागिर मिल्नुपहिले
अन्तर्वार्ताको प्रक्रियाका लागि उनी चार दिनसम्म टापुमैबस्नुपरेको थियो ।
आरामदायी ओछ्यान जाँच्ने
बर्मिंघम
युनिभर्सिटीका एक विद्यार्थीले यस्तो आनन्दको जागिर पाएका थिए, जसको काम
थियो– आरामदायी ओछ्यानमा सुत्नु । त्यसका लागि उनलाई पैसा पनि निकै दिइएको
थियो । २२ वर्षीय रोजिन मेडिगनले यस्तो जागिर पाएका थिए । उनले एक
महिनासम्म आरामदायी ओछ्यानमा हरेक दिन सुत्नुपथ्र्यो । यो जागिरका लागि
उनलाई हजार पाउन्ड दिइएको थियो । उक्त जागिर ‘बेड्स स्पेसलिस्ट’ सिमोन हर्न
लिमिटेडले चलाएको ‘स्लिप सर्भे’अन्तर्गत दिइएको थियो । यो कम्पनीले होटलका
लागि आरामदायी ओछ्यान बनाउने काम गर्छ । रोजिनले कम्पनीको एजबस्टनस्थित
सोरुममा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म ओछ्यानमा सुत्नुपथ्र्यो र
उठेपछि आफ्नो अनुभव बताउनुपथ्र्यो । अनुभवको आधारमा कम्पनीले बेडको डिजाइन र
गुणस्तरमा फेरबदल गर्ने गथ्र्याे । रिसोर्टको पानीचिप्लेटी जाँच्ने
यो जागिरचाहिँ डेस्कमा काम गर्ने वा अन्य साधारण काम गर्ने मानिसलाई त्यति आकर्षक नलाग्न सक्छ । तर, घुमघाम मन पराउनेका लागि भने यो जागिर निकै आकर्षक हो । टोमी लिन्चले यस्तो जागिर पाएका थिए । पोस्ट थियो– रिसोर्ट वाटरस्लाइड टेस्टर (पानीचिप्लेटी जाँचकी) । उनले अलग–अलग सहरमा रहेका रिसोर्टमा गएर वाटर स्लाइडरको अनुभव लिनुपथ्र्यो । त्यस क्रममा उनले वाटर स्लाइडको उचाइ, वेग र सुरक्षा व्यवस्थाको जाँच गर्नुपर्ने हुन्थ्यो । सन् २००८ मा लिन्चले लेन्जारोट, मजोर्का, इजिप्ट, तुर्की, कोस्टा डेल सोल, साइप्रस, अलग्रैव र मेक्सिकोको यात्रा गरे र त्यहाँका वाटर स्लाइड्स जाँच गरे । त्यस क्रममा उनले २७ हजार माइलको यात्रा गरेका थिए ।
मदिराको स्वाद चाख्ने
जो
मदिरापारखी छन्, उनीहरूलाई हरेक दिन नयाँ–नयाँ ब्रान्डको मदिराको स्वाद
चाख्ने जागिर मिल्यो भने के होला ? त्यसमा पनि १० हजार डलर पाए त झन् मजाको
सीमा नै नहुँदो हो । एटलान्टानिवासी हार्डी वेलेसले यस्ता मजा चाखिसकेका
छन् । उनले ६ महिनाका लागि यस्तो काम गरेका थिए । मर्फी गुडी वाइनरीका लागि
गरेको यो कामका लागि उनले हरेकमहिना १० हजार पाउँथे । उनले हरेक दिन फरक–फरक मदिराको स्वाद चाखेर सामाजिक सञ्जालका माध्यमबाट आफ्नो अनुभव मदिरापारखीसम्म पुर्याउनुपथ्र्यो ।
वारक्राफ्ट टेस्टर
वल्र्ड
अफ वारक्राफ्ट भिडियो गेम निकै लोकप्रिय छ । तपाईं पनि यो गेम खेल्नुहुन्छ
र पारंगत हुनुहुन्छ भने जागिरका लागि आवेदन दिन सक्नुहुन्छ । करोडौँबीच
लोकप्रिय खेलप्रेमीका लागि यो स्वप्निल जागिर नै हो । जुसालाई गेम टेस्टर
भनिन्छ । इन्टरनेटमा ‘वार अफ वल्र्ड’को रोजगार अवसरसम्बन्धी निकै जानकारी
छन् । यदि तपार्इं कम्युटर गेम खेल्न दक्ष हुनुहुन्छ भने आवेदन दिन
सक्नुहुनेछ । त्यसका लागि तपाईंले दिनको कम्तीमा पनि चार घन्टा गेम
खेल्नुपर्छ । कन्डम परीक्षण
एक
अस्ट्रेलियन निर्माताले कन्डम टेस्टरका लागि विज्ञापन निकालेको थियो ।
ड्युरेक्स मार्केटिङ म्यानेजर सेम ह्वाइटले १८ वर्षभन्दा बढी उमेरका २००
जनाको आवेदन मागेका थिए । यो कामका लागि पैसा त दिइएन, तर सफल हुने
आवेदकलाई ६० डलरबराबरको ड्युरेक्स प्रोडक्ट सित्तैमा दिइएको थियो ।
उनीहरूको काम पनि खासै थिएन, कन्डम प्रयोग गरेर गुणस्तरबारे कम्पनीलाई
जानकारी दिनुपर्ने थियो ।व्यावसायिक महिला यौनकर्मी जाँच्ने